डडेल्धुरामा महिलाका लागि सीपमूलक तालिम सञ्चालन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डेल्धुरा — जिल्लाका स्थानीय तहहरूले महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्न थालेका छन्। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न व्यावसायिक तालिम सञ्चालन भइरहेको छ।

अमरगढी नगरपालिका–५ अमरगढीमा वडा कार्यालयको समन्वयमा २० जना महिलालाई तीन महिने ‘ब्यूटिसियन’ तालिम प्रदान गरिएको छ। वडाध्यक्ष टंक क्षेत्रीका अनुसार उक्त तालिमले महिलाहरूलाई स्वावलम्बी बन्न मद्दत पुग्ने र उनीहरूलाई व्यवसाय सञ्चालनमा सहजता हुने विश्वास गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

त्यसैगरी, जिल्लाका अन्य सातवटा स्थानीय तहहरूले पनि महिलालाई लक्षित गरी सिलाइ कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन, अचार बनाउने र धूप उत्पादनजस्ता तालिम सञ्चालन गर्दै आएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रसँगको समन्वयमा यी तालिमहरू सञ्चालन भइरहेको छ। घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५४ जना महिलालाई विभिन्न सीप विकास तालिम प्रदान गरिएको थियो। कार्यालय प्रमुख केसवराज भण्डारीका अनुसार सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम निःशुल्क भएकाले महिलाको सहभागिता उल्लेखनीय रहेको छ।

स्थानीय तहहरूको यो प्रयासले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.