शैलेश्वरी माविको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन

sc mahendra

डडेल्धुरा : परशुराम नगरपालिका–१२ स्थित शैलेश्वरी माध्यमिक विद्यालयको ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह उद्घाटन भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिना देवी कामीको अध्यक्षतामा तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका विशिष्ट अतिथि परशुराम नगरपालिका सामाजिक विकास समिति संयोजक देव बहादुर बोहरा रहेका थिए।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री खड्काले विद्यालयको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन्। उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकारले विभिन्न पहलहरू गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा अझ प्रभावकारी योजनाहरू ल्याइने बताइन्।

यो अवसरमा सांस्कृतिक कार्यक्रम, अतिरिक्त क्रियाकलाप, अन्तरसदनात्मक प्रतियोगिता, तथा नगरपालिका स्तरीय माध्यमिक तह भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.