डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुरा जिल्ला कमिटीले वडा केन्द्रित ‘जरा अभियान’ को जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टीले सातवटा स्थानीय तह र ५२ वडाका लागि नेतृत्व तोकेको हो।
एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरूकाका अनुसार अभियानको समग्र नेतृत्व केन्द्रीय कमिटी सदस्य एवं डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा र जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाहीले गर्नेछन्।
प्रदेशसभा निर्वाचन क्षेत्र-१ को जिम्मेवारी पूर्व जिल्ला विकास समितिका सभापति गजेन्द्रबहादुर शाही र प्रदेशसभा निर्वाचन क्षेत्र-२ को जिम्मेवारी संविधानसभा सदस्य ज्ञानु गैरेलाई दिइएको छ।
त्यस्तै, विभिन्न स्थानीय तहका इन्चार्जहरू निम्नानुसार छन्:
परशुराम नगरपालिका: हरिप्रसाद भट्ट
आलिताल गाउँपालिका: शान्ति भट्ट जोशी
अमरगढी नगरपालिका: करन ताम्राकार
भागेश्वर गाउँपालिका: यज्ञराज अवस्थी
अजयमेरु गाउँपालिका: विशेश्वरप्रसाद ओझा
गन्यापधुरा गाउँपालिका: धनबहादुर शाही
नवदुर्गा गाउँपालिका: तारा खाती
वडा तहमा जिल्ला कमिटीका सदस्यहरूले नेतृत्व गर्ने एमाले डडेल्धुराले जनाएको छ।
‘जरा अभियान’ कार्यक्रम तालिका:
फागुन २: अमरगढी नगरपालिका
फागुन ३: परशुराम नगरपालिका
फागुन ५: आलिताल गाउँपालिका
फागुन ८: अजयमेरु गाउँपालिका
फागुन ९: भागेश्वर गाउँपालिका
फागुन १०: गन्यापधुरा गाउँपालिका
फागुन ११: नवदुर्गा गाउँपालिका
अभियानका प्रमुख उद्देश्य:
पार्टी सदस्यता नवीकरण र विस्तार
टोल तहसम्म पार्टी कमिटीका अधिवेशन सम्पन्न गर्ने
सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने
पार्टी सम्वद्ध जनसंगठनहरूको सदस्यता विस्तार
पार्टीको सकारात्मक योगदानलाई स्थापित गर्दै मिथ्या सूचना चिर्ने
स्थानीय तहमा पार्टी नेतृत्वको क्षमता विकास र जनतामाझ प्रभावकारी उपस्थिति बनाउने
जनतासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्याको पहिचान तथा विकास योजना निर्माण गर्ने
पार्टी नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्दै व्यापक जनमत निर्माण गर्ने
एमालेले ‘जरा अभियान’ लाई पार्टी संगठन विस्तार र जनसरोकारका विषयमा संवाद गर्ने महत्वपूर्ण अवसरको रूपमा लिएको छ।
