डडेल्धुरा आलितालकी कमला ४ दिनदेखि सम्पर्कविहीन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, आलिताल :डडेल्धुराको आलिताल गाउँपालिका–३ पड्यामकी २७ वर्षीया कमला बोहरा (कुस्मी) गत माघ ३० गतेदेखि सम्पर्कविहीन भएकी छन्।

कमलाका श्रीमान् ललित बोहराका अनुसार उनी सोही दिन बिहान ८ बजे घरबाट निस्केकी थिइन्। माइती रहेको नागरिकता समेत लगेर हिँडेकी कमला अहिलेसम्म फेला परेकी छैनन्, जसले गर्दा परिवारमा चिन्ता बढेको छ। घरमा रहेका उनका साना बालबालिकाको स्याहारमा समेत समस्या उत्पन्न भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

ललित बोहराले स्थानीय आलिताल- ३ तुङ्गा घर भएका गणेश मडै र उनकी श्रीमती लाली मडैले कमलालाई ललाइफकाई भारत लगेको आशंका गरेका छन्। उनले भने, “मेरो श्रीमती लाटी छिन्, केही बुझ्दिनन्। उनलाई जबरजस्ती भारत लगिएको हुनसक्छ। परशुराम–५ परीगाउँको महाकाली नदीबाट डुंगा तरेर भारततर्फ जान लागेको स्थानीयले देखेका थिए। तर, ती दम्पतीले आफूहरू सितारगञ्ज अस्पताल जान लागेको बताएर चक्मा दिएका थिए।”

परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। आलिताल प्रहरी चौकीका इन्चार्ज धनसिंह धामीले प्रहरी च्यानलमार्फत सबै तर्फ खोजी कार्य भइरहेको जानकारी दिए।

यसैबीच, ललित बोहराले भारतस्थित प्रवासी संघ-संस्था तथा दाजुभाइलाई पनि खोजीमा सहयोग गर्न अपिल गरेका छन्। हराइरहेकी कमलाका तीन छोरी र एक छोरा छन्।

कमलाबारे कुनै जानकारी भएमा ९७६९३९४६४३ वा ९८४८८४६६३१ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.