आजको मौसम:यी प्रदेशहरुमा हिमपातको सम्भावना

sc mahendra

धनगढी : पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफाछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

You might also like
Leave A Reply

Your email address will not be published.