बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना

sc mahendra

धनगढी : बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतवार बेलुका कर्णाली राजमार्गमा दुर्घटनमा परेको हो।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ। समथर जमिन भएकाले विद्यार्थीहरु घाइते नभएका प्रहरीले बताएको छ।

बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ।

अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ। उपाध्यायको छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.