

धनगढीः डोटीको रुवशकाडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ एक जना घाइते भएका छन्।
भीमदत्त राजमार्गमा बुडर देखी डडेलधुरा तर्फ जादै गरेको चालक डोटीको शिखर नगरपालिका–२ का २६ वर्षीय रमेश पार्कीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१० प ६७३८ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ जादै गरेको कैलालीको गोदावरी नगरपालिका–०४ बुढीतोलाका ३२ वर्षीय वीरेन्द्र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४१३ नम्बरको बस आपसमा ठोक्किदा मोटरसाइकल चालक रमेश पार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइते पार्किलाइ उपारका लागी मायामेट्रो अस्पताल धनगढी पठाइएको जनाइएको छ।



