धनगढीमा आजदेखि ललितकला प्रदर्शनी सुरु हुँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी :  कैलालीको धनगढीमा आज (बिहीबार) देखि सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको हो।
प्रदर्शनी आज देखि १२ गतेसम्म सञ्चालन हुने बताइएको छ। प्रदर्शनीका लागि प्रदेशका डेढ सयभन्दा बढी कलाकारका कलाकृति दर्ता भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टरटीएन जोशीले बताए।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय हसनपुरमा हुने कार्यक्रममा चित्रकला, मूर्तीकला, लोककला र हस्तकलाको प्रदर्शनी हुने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.