दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुला : दार्चुला जिल्लाको मार्मामा निर्माण हुने मध्य चमेलिया जलविद्युत् आयोजना (२८.३०४ मेगावाट) को शिलान्यास गरिएको छ। दार्चुला पावर लिमिटेड द्वारा सञ्चालित यस आयोजना शनिबार शिलान्यास गरिएको हो।

Dadeldhura Hospital

मार्मा गाउँपालिका–२, लाम्बगरस्थित आयोजनाको ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू ले शिलान्यास गरे। आयोजनाको ड्याम लाम्बगरमा रहनेछ भने विद्युत् गृह सेरीमा निर्माण गरिनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

६ खर्ब २३ करोड ६२ लाख लागत अनुमान गरिएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सेरीबाट ८.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत उत्पादित विद्युत् चमेलिया सबस्टेशनमा जोडिनेछ।

शिलान्यास समारोहमा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी र विक्रम सिंह धामी समेत सहभागी थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.