बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-८ बाट ढोले बजार तर्फ आउदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

Dadeldhura Hospital

घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ५३ वर्षीय शिव बहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, दिपेन ताम्रकार र निकास ताम्रकार रहेको ढोले प्रहरी चौकीका निमित्त इन्चार्ज मदन सुनारले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घाइते शिव, तेज र दिपकलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दिपेन र निकासको अवस्था समान्य रहेको र उनिहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक केशव कौनी फरार रहेका छन् ।

जिपमा ३५ वटा बाख्रा रहेको थिए । ३ वटा बाख्राहरु मरेको छन भने ५ घाइते भएको ढोले प्रहरी चौकीले जनाएको छ । कच्ची सडकखण्डको उकालोमा चढ्न नसकी ब्याक भएर दुर्घटना भएको र सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.