बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते

sc mahendra

बैतडीः बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

मेलौली नगरपालिका–३ का ३८ वर्षीय गणेश सिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे बाख्रा चराउन गएका बेला कोला खोला जंगल क्षेत्रमा उनीमाथि बाघले आक्रमण गरेको हो।

मेलौली नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह भाटका अनुसार बाघले पछाडिबाट आक्रमण गर्दा गणेश सिंह भाट घाइते भएका थिए। आक्रमणको क्रममा भाटले आफूसँग रहेको हसियाँ प्रयोग गरी बाघलाई हानेर भाग्न सफल भएका थिए। घाइते भाटलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन पठाइएको अध्यक्ष भाटले जानकारी दिएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.