दार्चुलाको चमेलिया नदी किनारमा एक युवकको शव फेला By दियालाे खबर On २०८१ फाल्गुन १३, मंगलवार १४:३५ दार्चुलाः दार्चुलामा एक युवकको शव फेला परेको छ। मंगलबार बिहान शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दिपक दमाईको शव फेला परेको हो। शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।