सुदूरपश्चिममा खगराजलाई दलको नेता बनाउन प्रचण्डको पुन:निर्देशन

sc mahendra

१५ फागुन, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टलाई बनाउने पार्टीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

बुधबार आफ्नै निवास खुमलटारमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यहरुलाई बोलाएर छलफल गरेका प्रचण्डले भट्टलाई दल नेता बनाउने निर्णय जसरी पनि कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले २० फागुनमा आफू सुदूरपश्चिम आइरहेको बताउँदै त्यतिबेलासम्म भट्टलाई दलको नेता बनाउन भनेको छलफलमा सहभागी प्रदेश सभा सदस्य बताउँछन् ।

‘अध्यक्ष कमरेडले खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता बनाउने पार्टीको निर्णय जसरी पनि कार्यान्वयन गर्नुहोस् भनेर निर्देशन दिनुभएको छ,’ ती प्रदेश सभा सदस्यले भने, ‘बैठकमा कडा रुपमा प्रस्तुत हुनुभएका उहाँले आफू सुदूरपश्चिम नपुग्दै शीघ्र पार्टीको निर्णय कार्यान्वयन भएको हुनुपर्छ भन्नुभएको छ ।’

बैठकमा अहिलेका संसदीय दलका नेता मानबहादुर धामीले आफ्नो व्यवस्थापन हुनुपर्ने शर्त राखेका थिए । तर प्रचण्डले अहिले नै बार्गेनिङ नगर्न भन्दै पहिले पार्टीको निर्णय कार्यान्वयनमा लाग्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

पार्टी केन्द्रले भट्टलाई दलको नेता बनाउन निर्णय गर्दै पटक–पटक कार्यान्वयन गर्न निर्देशन दिएको थियो तर बहुमत प्रदेश सभा सदस्यले उक्त निर्देशनको अवज्ञा गर्दा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.