डडेल्धुरामा सिद्धनाथ माविको स्वर्ण जयन्ती भव्य रूपमा उद्घाटन

sc mahendra

डडेल्धुरा । परशुराम नगरपालिका-६ स्थित सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीको ५०औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोह भव्य रूपमा उद्घाटन भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न समारोहको उद्घाटन नेपाली काँग्रेसका सूदुरपश्चिम प्रदेश सभापति तथा पूर्व मन्त्री बिरबहादुर वलायरले गरेका हुन्।

समारोहमा सामाजिक विकास मन्त्री मेघराज खड्का, नगर प्रमुख भरत वडायर जोशी, उप प्रमुख बिमला कुमारी बोहरा महता, संविधानसभा सदस्य नरभान कामी लगायतको उपस्थिति रहेको थियो।

स्वर्ण जयन्तीको अवसरमा खुला पुरुष भलिबल प्रतियोगिता, हाजिरी जवाफ, महिला देउडा प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिनेछ। साथै, शिक्षा क्षेत्रका विभिन्न योगदानकर्ताहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.