डडेल्धुरामा स्ववियु निर्वाचन: पाँच संघ-संगठन दर्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरामा स्ववियु निर्वाचन: पाँच संघ-संगठन दर्ता

डडेल्धुरा – डडेल्धुरा बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पाँच वटा संघ-संगठन दर्ता भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

निर्वाचन अधिकृत नरेन्द्रराज भट्ट का अनुसार, सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघ-संगठन तथा समूह दर्ताको समय तोकिएको थियो। सो समयमा क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरूसहित निम्न पाँच वटा संगठन दर्ता भएका छन्:

1. नेपाल विद्यार्थी संघ (नेविसंघ) – नेपाली कांग्रेस निकट

2. नेपाल विद्यार्थी संघ (नेविसंघ वीपी) – नेपाली कांग्रेस (वीपी) निकट

3. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) – नेकपा (एमाले) निकट

4. अखिल क्रान्तिकारी – नेकपा (माओवादी केन्द्र) निकट

5. स्वतन्त्र विद्यार्थी समूह

केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार अगाडि बढ्ने

निर्वाचन समितिले सोमबार संघ-संगठन दर्ता गरेपछि मंगलबार ती संगठनहरूसँग बैठक गरी बाँकी कार्यतालिकाबारे छलफल गर्ने जनाएको छ। त्रिभुवन विश्वविद्यालयले तोकेको निर्वाचन कार्यतालिका अनुसार:

Dadeldhura Hospital

फागुन २१ गते – मतदाता सूची प्रकाशन

फागुन २५ गते – मतदाता सूचीउपर दाबी-उजुरीको समय

फागुन २५ गते – अन्तिम मतदाता नामावली प्रकाशन

फागुन २६ गते – उम्मेदवारका लागि मनोनयनपत्र वितरण

फागुन २७ गते – उम्मेदवारको मनोनयन दर्ता

फागुन २७ गते – उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

फागुन २८ गते – उम्मेदवार नामावलीउपर दाबी-उजुरीको समय

फागुन २९ गते – उम्मेदवार नाम फिर्ता लिने अन्तिम मिति

फागुन २९ गते – उम्मेदवारको अन्तिम नामावली प्रकाशन

चैत्र ५ गते – बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु

स्ववियु निर्वाचनका लागि तयारी तीव्र पारिएको छ, भने प्रतिस्पर्धी विद्यार्थी संगठनहरू चुनावी रणनीतिमा सक्रिय देखिएका छन्।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.