सिद्धनाथ माविको स्वर्ण जयन्ती समापन समारोह भोलि,चर्चित गायिका इब्सलको प्रस्तुति हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – परशुराम नगरपालिका–६ स्थित सिद्धनाथ माध्यमिक विद्यालय, चन्दनी को ५०औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती महोत्सव भव्य रूपमा जारी छ। महोत्सव अन्तर्गत विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम तथा ज्ञानमूलक प्रतियोगिताहरू समावेश गरिएका छन्।

विद्यालयका अनुसार भोली (बुधबार) कार्यक्रमको समापन गरिनेछ । समापनको दिन चर्चित कलाकार इब्सल सञ्ज्याल ले विशेष प्रस्तुति दिनेछन्। यसअघि, राष्ट्रिय कलाकार चक्र बमले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिसकेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

विद्यालयको ५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा सूदुरपश्चिम प्रदेश स्तरिय खुला पुरुष भलिवल प्रतियोगिता, परशुराम नगरपालिका माबि स्तरीय हाजीरी जवाफ प्रतियोगिता, महिला देउडा प्रतियोगिता लगाएतका कार्यक्रम गरिरहेको छ ।

यस भव्य महोत्सवको उद्घाटन नेपाल सरकारका पूर्व संघीय भौतिक पूर्वाधार विकास मन्त्री बीर बहादुर बलायर ले आइतबार गरेका थिए। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको छ।

भोली समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास एवं राज्यमन्त्री माननीय सरस्वती खड्का प्रमुख अतिथिका रूपमा रहनेछिन्। साथै, सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल पनि भोली नै हुने विद्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.