आलिताल गाउँपालिकामा ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमसहित मनाइने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । ८ मार्च २०२५ मा मनाइने ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस आलिताल गाउँपालिकामा विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ।
यस अवसरमा गाउँपालिकाको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरिनेछ, जसमा सबैलाई सहभागिता जनाइ दिन गाउँपालिकाले अनुरोध गरेको छ।

पालिकाले जारी गरेको सूचनामा, नारी दिवसलाई सभ्य र भव्य रूपमा सफल बनाउन सबै क्षेत्र, समुदाय, संघसंस्था तथा नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। साथै, स्थानीय कला, संस्कृति, परम्परा झल्काउने विभिन्न प्रस्तुति कार्यक्रममा समावेश गर्न समेत अनुरोध गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यसै क्रममा, गाउँपालिकाका विभिन्न वडाहरूले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवसको उल्लासलाई थप प्रभावकारी बनाउने भएका छन्। वडास्तरमा महिला सशक्तीकरण, नेतृत्व विकास, सांस्कृतिक झाँकी तथा सम्मान कार्यक्रमहरू समेत गरिने जनाइएको छ।

महिला अधिकार, समानता, सशक्तीकरण तथा नेतृत्वको सन्देश प्रवाह गर्नका लागि अन्तर्राष्ट्रिय महिला दिवस विशेष महत्व राख्ने भएकाले, यसलाई सफल बनाउने उद्देश्यले पालिका र स्थानीय समुदाय मिलेर कार्यक्रम आयोजना गरिरहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.