धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना भाइते भएका छन्।

Dadeldhura Hospital

शनिवार धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार स्थित से २ प ३५९० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका–६ का ४०वर्षीय रुपलाल चौधरी घाईते भएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घाइते चौधरीलाइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ पटेला बस्ने ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकल पछाडी सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी रहेका छन्।

घाइते दुबै जनाको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको जनाएको छ। सोही स्थनमा से २ प ७७४९ नम्बरको मोटरसाइकल समेत पल्टिएको अबस्थामा फेला परेको हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय चेतराज भण्डारीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.