माछा मार्न गएका बाजुराका भण्डारी कर्णाली नदीमा खसेर मृत्यु

sc mahendra

धनगढीः कर्णाली नदीमा माछा मार्न गएका बाजुराका पुसे भण्डारीको मृत्यु भएको छ।

आइतवार माछा मारेर पीठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला एक्कासी चिप्लीएर कर्णाली नदीको किनारामा खसेर घाइते भए। घाइते भण्डारीको उद्दार हुन नसकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।

प्रहरीका अनुसार मृतकको शव नदीको खोचमा रहेको छ। भण्डारीले उद्दारका लागि आफ्न्तलाई फोन गरेका थिए। भण्डारीले फोन गरेपछि गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिकासहित आठ जना उद्दारका लागि घटना स्थल पुगे।
४ बजेतिर उनी लडेका हुन्। ५ बजेपछि आफन्त पुगे त्यहाँ पुग्दा ३८ वर्षका भण्डारीको मृत्यु भइसकेको थियो। प्रहरीको उद्दारटोली र मृतकका आफन्त आठै जना आइतवार देखिनै घटनास्थलमा रहेको डिएसपी चौधरीले जानकारी दिए।नदिमा पानीको बहाव धेरै रहेकाले आइतवार उद्दार गर्न नसकिएको डिएसपी चौधरीले जानकारी दिए। उद्दारका लागि बोटको व्यवस्था भइसकेको र केही समयमा मृतक र आफन्तको उद्दार गरिने चौधरीले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.