आलितालमा स्वरोजगार अभिमुखीकरण कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा – “आफ्नो घर, बस्ती वा नजिकको बजारमा सम्भाव्य कुनै व्यवसाय गरौं, स्वरोजगार बनौं, बेरोजगार नबनौं” भन्ने नाराका साथ एक दिने स्वरोजगार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत आर्थिक मामिला मन्त्रालयको स्वरोजगार विकास कोषद्वारा आयोजित कार्यक्रम आज सोमबार आलिताल गाउँपालिका-८, गोदाममा सम्पन्न भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रम स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिना र उप-कार्यकारी निर्देशक पविन्द्र शाही द्वारा सञ्चालन गरिएको थियो।

Dadeldhura Hospital

कार्यक्रमले बेरोजगार तथा विपन्न युवाहरूलाई सीप सिकाई, उद्यमशीलताको विकास, र उत्पादन वृद्धिमा जोड दिँदै आत्मनिर्भर बन्न प्रेरित गरेको छ। साथै, बिनाधितो सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी स्वदेशमै स्वरोजगार बन्न सकिने जानकारी दिइएको थियो।

स्वरोजगार विकास कोष ऐन, २०७५ तथा नियमावली अनुसार, सीपमूलक तालिम दिने र सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेको छ। विशेषगरी, वैदेशिक रोजगारीबाट फर्किएका युवा, शैक्षिक बेरोजगार, पुँजी अभावका कारण व्यवसाय गर्न नसकेका व्यक्तिहरू, द्वन्द्वपीडित, अपाङ्ग, महिला, दलित, लोपोन्मुख जाति, र गरिबीको रेखामुनि रहेका परिवारहरू यो सुविधाबाट लाभान्वित हुनेछन्।
कोषले सहकारी संस्थाहरूको माध्यमबाट कर्जा प्रवाह गर्दै आएको छ। चेतना साना किसान कृषि सहकारीका अध्यक्ष कृष्ण दत्त जोशीले सहकारीका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले संस्थाले कोषसँग हातेमालो गर्न लागेको जानकारी दिए।

कार्यक्रममा कोषका लेखा अधिकृत जयदेब जोशी, तालिम संयोजक लक्ष्मण चौधरी, चेतना साना किसान कृषि सहकारीका पदाधिकारी तथा कर्मचारी, र उद्यम गर्न चाहने व्यक्तिहरूको सहभागिता रहेको थियो।

यो कार्यक्रमले स्थानीय युवाहरूलाई स्वरोजगार बन्न प्रेरित गर्दै आर्थिक सशक्तीकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.