हराएको १७ दिनपछि मर्हजनको शव शिवपुरी जंगलमा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

२७ फागुन,। तार्केश्वर नगरपालिका–३ तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार एक पुरुष मृत अवस्थामा फेला परेको छ । हराएको १७ दिनपछि काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजनको शव फेला परेको होे । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार तार्केश्वर नगरपालिका–३ तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार मृत अवस्थामा उनी फेला परेका हुन् । यही फागुन १० गतेदेखि उनी हराएको पाइएको एसपी बोहोराले बताए । प्रहरीका अनुसार श्रीमतीसँग सामान्य विवाद भएपछि उनी घर छाडेर हिँडेका थिए ।

त्यसैगरी तार्केश्वर नगरपालिका–१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.