स्ववियु निर्वाचन:डडेल्धुरा बहुमुखी क्याम्पसमा त्रिपक्षीय प्रतिस्पर्धा हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

संयुक्त प्यानलका उम्मेदवार मदन बोहरालाई नेपाली कांग्रेस (वीपी) निकट विद्यार्थी संगठनसँगै, नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।

यस पटकको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

प्रमुख तीन उम्मेदवारले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन्। यसै सन्दर्भमा संयुक्त प्यानलले आफ्नो धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.