डडेल्धुरामा होली शान्तिपूर्ण रूपमा मनाउन प्रशासनको आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आउँदो फागुन २९ र चैत १ गते मनाइने होली पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अनुरोध गरेको छ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रशासनले सार्वजनिक स्थानमा जबरजस्ती रंग दल्ने, लोला हान्ने, बाटो अवरुद्ध गर्ने तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य नगर्न आग्रह गरेको छ। यस्ता गतिविधिहरू कानूनविपरीत हुने भएकाले दोषीलाई कानूनी कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रशासन प्रमुख चोमेन्द्र न्यौपानेले होली पर्व सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गर्दै समाजमा अशान्ति फैलाउने कुनै पनि क्रियाकलाप नगर्न सचेत गराएका छन्। साथै, अमनचयन कायम राख्न सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइएको छ।

यदि कसैले नियम उल्लंघन गरेमा नजिकको प्रहरी कार्यालयमा तुरुन्तै जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.