बैतडीका सुरेन्द्रको हत्यामा संलग्न अभियुक्त सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षीय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ।
बुधबार प्रहरीले दोगडाकेदार ८ कै ४२ वर्षीय अभियुक्त कर्णबहादुर बिष्टलाई सार्वजनिक गरेको हो।
कर्णबहादुरले प्रयोग गरेको भरुवा बन्दुक, गोली, मोवाइल तथा सिम कार्डलगायतका सामानसहित उनलाई बुधबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
फागुन १७ गते राति ८ः३० बजेको समयमा गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेका थिए। ४० हजार रुपैयाँ लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मिश्रले बताए।
फागुन २५ गते दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाइछिपाइ गरेको अवस्था झोलाा फेला परेको थियो। सोही ठाउँमा मंगलबार उनले हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री फेला परेको प्रहरीले जनाएको छ।

Dadeldhura Hospital

हत्यापछि फरार भएका कर्णलाई गएको फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु नाकाबाट उनलाई पक्राउ गरिएको थियो। भारततर्फ भाग्दै गरेको अवस्थामा अभियुक्त बिष्टलाई प्रहरीले पक्राउ गरेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अभियुक्त कर्णमाथि जिल्ला अदालतबाट फागुन २३ गतेदेखि लागू हुनेगरी १० दिन म्याद थपेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.