बाजुरामा दान गरिएको गाईको निर्मम व्यवहारप्रति प्रहरीको अनुसन्धान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-६, काप्री गाउँमा परम्परागत धार्मिक मान्यताका नाममा गाईमाथि भएको अमानवीय व्यवहार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धान अघि बढेको छ।

गत फागुन २८ गते बेलुकी ८ बजे ६५ वर्षीय साउने सार्कीको निधन भएपछि परम्पराअनुसार उनको परिवारले गाई दान गरेका थिए। तर, स्थानीय व्यक्तिहरूले गाईलाई ढुंगाले हानेर कर्णाली नदी पार गराउन खोज्दा गाई नदी पार गर्न नसकी फर्केर पुनः घर नै पुगेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यो घटनाको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले गाईमाथि कुटपिट गर्नेहरूलाई खोजी सुरु गरेको थियो। हाल प्रहरी प्रशासनले गाईलाई उद्धार गरी स्थानीय प्रजन सार्कीलाई पाल्ने जिम्मा दिएको छ।

बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुसार गाईलाई गम्भीर चोटपटक नदेखिएकाले प्रहरीको सल्लाहअनुसार स्थानीय परिवारलाई गाईको जिम्मा दिइएको हो।

यस घटनामा संलग्न अधिकांश व्यक्ति शोक किरियामा रहेका कारण तत्काल नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ। चैत ९ गते किरिया सकिएपछि उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गरिने प्रहरीको भनाइ छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.