आलिताल गाउँ कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — आलिताल गाउँ कार्यपालिकाले भोलि बस्ने ११औं बैठक प्रत्यक्ष प्रशारण गर्ने भएको छ। उक्त बैठक दियालोखबर मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ।

पालिकाले रङुन मिडिया प्रालि द्वारा सञ्चालित दियालोखबर लाई प्रत्यक्ष प्रशारणको जिम्मा दिएको हो। पारदर्शिता बढाउने उद्देश्यले बैठक प्रत्यक्ष प्रशारण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यसअघि कार्यपालिकाका सदस्यहरूबीच मतभेद देखिएको थियो। केही सदस्यहरूले पालिका अध्यक्ष शेरसिंह पार्कीमाथि मनोमानी ढंगले निर्णय गरेको आरोप लगाएका थिए।

अध्यक्ष पार्कीका अनुसार, “बैठक प्रत्यक्ष प्रशारण गरेपछि जनतामा कुनै भ्रम सिर्जना हुने छैन। कार्यपालिकाले लिने निर्णय सबैले प्रत्यक्ष हेर्न सक्ने भएकाले पारदर्शिता कायम हुनेछ।”

पालिकाको यो कदमलाई स्थानीयबासीले कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.