कैलालीको जंगलमा अनुमति बिना बसेका विदेशी नागरिकलाई प्रशासनको २४ घण्टे अल्टिमेटम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी: कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका एक सयभन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र छाड्न निर्देशन दिएको छ।

भारत, अमेरिका, चीन लगायत विभिन्न देशबाट आएका ती विदेशी नागरिक “रेन्बो फेमली ग्यादरिङ” नामक समूहका रहेको बताइएको छ। उनीहरू करिब एक हप्तादेखि जंगल क्षेत्रमा बसोबास गर्दै अस्वभाविक गतिविधि गरिरहेको गुनासो आएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालसहित सुरक्षा निकायको टोली अनुगमनका लागि पुगेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अनुमति बिना बसोबास, अस्वभाविक गतिविधिमा संलग्न

प्रजिअ हमालका अनुसार ती विदेशी नागरिकले कुनै पनि निकायबाट अनुमति नलिएको पुष्टि भएपछि उनीहरूलाई क्षेत्र खाली गर्न निर्देशन दिइएको हो। “जंगल क्षेत्रमा अनुमति बिना विदेशी नागरिक बसिरहेको सूचना पाएपछि अनुगमन गर्यौं। उनीहरू प्रकृतिप्रेमी (नेचर लभर) भएको बताउँदै आएका छन्, तर नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिएको देखिएकाले २४ घण्टाभित्र क्षेत्र छाड्न निर्देशन दिएका छौँ,” उनले भने।

अनुगमनका क्रममा उनीहरू शान्ति सुरक्षा खलल पार्ने किसिमका गतिविधिमा संलग्न नरहेको प्रशासनले जनाएको छ। तर, केही स्थानीयले ती विदेशी नागरिकसँग समन्वय गरिरहेको पाइएको छ।

Dadeldhura Hospital

पत्रकारमाथि हातपात, विरोधमा आवाज उठ्दै

यसैबीच, घोडाघोडी नगरपालिकामा विदेशी नागरिकको बसोबासबारे समाचार लेखेका सुखडका पत्रकार प्रकाश मिश्रमाथि हातपात भएको छ। घोडाघोडी नगरपालिका–१०, पहलमानपुरका सृजना होटेलका सञ्चालक चेतबहादुर सिंह (४०) र अजुवा क्याफेका सञ्चालक डबलबहादुर शाह (४८) ले मिश्रमाथि हातपात गरेका हुन्।

पत्रकार मिश्राले ती विदेशी नागरिक अस्वभाविक र रहस्यमय गतिविधिमा संलग्न रहेको समाचार प्रकाशन गरेका थिए। सोही विषयलाई लिएर उनीमाथि आक्रमण भएको हो। घटनाको नेपाल पत्रकार महासंघ जिल्ला तथा प्रदेश कार्यसमिति र विभिन्न संघ–संस्थाले विरोध जनाएका छन्। इलाका प्रहरी कार्यालय सुखडले हातपातमा संलग्न शाहलाई नियन्त्रणमा लिएको जनाएको छ।

नगरपालिकाको विवादास्पद भूमिका

यता, स्थानीय प्रशासनले विदेशी नागरिकलाई जंगल क्षेत्र खाली गर्न निर्देशन दिँदा पनि घोडाघोडी नगरपालिकाले संस्कृति आदान–प्रदानका नाममा उनीहरूलाई स्वागत गरेको पाइएको छ। यसअघि पनि “रेन्बो फेमली ग्यादरिङ” समूहका विदेशी नागरिक अछामको रामारोशन क्षेत्रमा पुगेका थिए।

प्रशासनको निर्देशन अवज्ञा भए कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.