डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजना पक्राउ

sc mahendra

डडेल्धुरा : डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका- २ घर भई हाल अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४५ वर्षीय मानबहादुर बोहरा रहेका छन्।

बोहराले तुफानडाँडामा एमबी (MB) मासु पसल सञ्चालन गर्दै आएका थिए।

उनले बाख्रा काटिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

उनको पसलबाट ३१.२२० किलोग्राम तौल भएको बाख्रा काटिरहेको अवस्थामा फेला पारेर बाख्रासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

इन्सपेक्टर बमका अनुसार बोहरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

You might also like
Leave A Reply

Your email address will not be published.