डडेल्धुरा आलितालका दुई युवक सम्पर्कबिहिन, परिवारद्वारा सहयोगको आग्रह

sc mahendra

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका दुई बालक विगत केही दिनदेखि सम्पर्क बिहिन छन्।

आलिताल घर भई कैलाली जिल्लाको गोदावरी नगरपालिका-५, गेटामा बसोबास गर्दै आएका अमर बहादुर मडैका छोरा १६ वर्षीय प्रसान्त मडै र मोहन सिंह मडैका नाति १५ वर्षीय कृसन मडै चैत्र १४ गते दिउँसो १ बजे बजार जान भनी घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

परिवारका सदस्य ज्ञान बहादुर मडैका अनुसार बालकहरू घरबाट हिँडेपछि अहिलेसम्म उनीहरूको कुनै जानकारी प्राप्त नभएको बताइएको छ। परिवारले उनीहरूको खोजी कार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्।

यदि कसैले ती बालकहरू देखेमा वा उनीहरूबारे कुनै जानकारी भएमा तुरुन्तै निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको छ: ९८१४६६१३९६।

You might also like
Leave A Reply

Your email address will not be published.