क्यान्सर पिडित परशुरामका घर्ती मगरलाई बचाउन अपिल

sc mahendra

डडेलधुरा, परशुराम नगरपालिका–१ निवासी मोहन बहादुर घर्ती मगर अहिले मुखमा क्यान्सरको पीडामा छन्। ज्यानै लिने यो रोगसँग उनी भरतपुर अस्पताल, चितवनमा उपचाररत छन्। तर, कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ आइरहेको छ।

परिवारका एकमात्र कमाउने सदस्य बिरामी परेपछि घर्ती परिवारमा अहिले दोहोरो पीडा छ – एकातिर बाबुको जीवनको संकट, अर्कोतिर आर्थिक अभावको भारी।

 

मोहन बहादुरकी छोरी खिमा घर्ती मगरले भावुक अपिल गर्दै सामाजिक सञ्जालमा लेखेकी छन् – “मेरो बाबुलाई मुखमा क्यान्सर भएको छ। उहाँको उपचारका लागि धेरै खर्च लाग्दैछ, तर हाम्रो परिवारको आर्थिक अवस्था कमजोर छ। हजुरहरूको सानो सहयोगले उहाँको उपचारमा ठूलो मद्दत पुग्नेछ र नयाँ जीवन पाउनु हुनेछ।”

यो अपिल केवल एक छोरीको याचनामात्र होइन, यो एक जीवनको पुकार हो।

देश–विदेशमा रहनु भएका सम्पूर्ण शुभेच्छुक, मानवता प्रेमी मनहरूप्रति विनम्र अनुरोध छ – कृपया सक्दो सहयोग गरिदिनुहोस्। तपाईंको सानो हातले मोहन बहादुर घर्तीमगरको जीवन फेरि मुस्कुराउन सक्छ।

सहयोग गर्न चाहने महानुभावहरूले तल दिएको क्युआरमा सहयोग गर्न सक्नुहुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.