कर्णाली नदीमा अज्ञात पुरुषको शव फेला

sc mahendra

कैलाली — कैलालीको लम्की–चुहा नगरपालिका–३, चिसापानी क्षेत्रमा पर्ने कर्णाली नदीमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार कर्णाली नदीमा बगिरहेको अवस्थामा स्थानीयवासीले शव देखेपछि खबर गरेका थिए। जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शव नदीबाट निकालेको हो।

शव करिब चार दिन पुरानो देखिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। हाल कर्णाली नदीमा पानीको सतह बढेकोले शव माथिल्लो पहाडी जिल्लाबाट बगिएर आएको हुन सक्ने आशंका गरिएको छ।

कालो रंगको कट्टु र खैरो सर्ट लगाएका ती पुरुषको अहिलेसम्म पहिचान खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.