धनगढीको सरोज मेडिकलमा पाचन रोग विशेषज्ञ सेवा,ग्राण्डी हस्पिटलका डा.मरिक पुनः आउँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, बैशाख २४ – धनगढी चौराहास्थित सरोज मेडिकलमा पुनः एकपटक पाचन रोग विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ। ग्राण्डी इन्टरनेशनल हस्पिटल, काठमाडौंका पाचन रोग विशेषज्ञ डा. सुनिल कुमार मरिक यही बैशाख २७ गते पुनः सरोज मेडिकलमा सेवा दिन आउने भएका छन्।

गत चैत्र २३ गते आयोजित शिविरमा डा. मरिकले विभिन्न प्रकारका पाचनसम्बन्धी रोगका बिरामीहरूको सफल उपचार तथा परामर्श गरेका थिए। सरोज मेडिकलका सञ्चालक विनोद पाण्डेका अनुसार, उक्त शिविरप्रति बिरामीहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भएकोले दोस्रोपटक सेवा पुनः सञ्चालन गर्न लागिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शिविरमा निम्न समस्याहरूको विशेषज्ञ परामर्श तथा उपचार सेवा उपलब्ध हुनेछ:

पेटमा जलन, एसिडिटी

बारम्बार हिच्की आउनु

मुखमा तितो वा अमिलो पानी आउनु

फैटी लिभर तथा लिभर सुन्निने समस्या

Dadeldhura Hospital

पीलिया, लिभर सिरोसिस

खाना निल्न कठिनाइ

हेपाटाइटिस (A, B, C, D, E)

अल्सरेटिभ कोलाइटिस

पेटको टी.बी. तथा क्यान्सरसम्बन्धी परामर्श

कब्जियत तथा ग्यास्ट्रिक समस्या

सञ्चालक पाण्डेयका अनुसार, सरोज मेडिकलमा वरिष्ठ मुटु, पेट, सुगर, थाइराइड तथा नशा रोग विशेषज्ञ डा. राम उद्गर पण्डितको सेवा नियमित रूपमा उपलब्ध हुने भएकाले बिरामीहरूका लागि यो सुविधा थप प्रभावकारी हुनेछ।

धनगढी चौराहास्थित विशालनगर जाने सडकमा रहेको सरोज मेडिकलले विगत केही वर्षदेखि स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यस शिविरको अवसर बिरामीहरूले नछुटाउन सञ्चालक पाण्डेयले अनुरोध गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.