दैजी–जोगबुढा सडक सात वर्षमा पनि अधुरै, पाँच पटक म्याद थप

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर: ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा पनि महेन्द्रनगर र डडेल्धुराको भित्री मधेश जोड्ने दैजी–जोगबुढा सडक अझै पूर्ण निर्माण हुन सकेको छैन।

वि.सं. २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा तीन वर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको यो सडक हालसम्म अधुरै छ। सात वर्षमा जम्मा नौ किलोमिटर मात्र कालोपत्रे भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार हालसम्म पाँच पटक म्याद थप गरिएको छ। अन्तिमपटक आगामी २०८२ असार २० गतेसम्मको समय दिइएको छ।

Dadeldhura Hospital

सडक नबन्दा कञ्चनपुर र सुदूरपश्चिमका अन्य पहाडी जिल्ला जोड्ने छोटो दूरीको विकल्प गुमेको छ। डडेल्धुराको भित्री मधेशका बासिन्दाले अझैपनि अत्तरिया हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।

परशुराम नगरपालिका–९ का वडाध्यक्ष देवबहादुर बोहरा भन्छन्, “सडक बनेको भए यहाँ उत्पादन भएका दाल र तरकारी सजिलै महेन्द्रनगर पुर्‍याउन सकिन्थ्यो।”

स्थानीय राम धामीले निर्माण कार्यमा सरोकारवाला निकायको चासोको अभाव रहेको गुनासो गरे। उनका अनुसार बनाइएका ढल प्रणालीसमेत पुरिन थालेका छन्।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार हालसम्म ठेकेदारले रु १८ करोड ३६ लाख भुक्तानी पाइसकेको छ तर निर्माण कार्य भने अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.