प्रहरी संगठनमा ठूलो बढुवा: देउवासहित ११ एसएसपी डीआईजीमा सिफारिस

sc mahendra

काठमाडौं, जेठ ७: सुदूरपश्चिमका दिलीपसिंह देउवासहित नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) पदका लागि बढुवा सिफारिसमा परेका छन्।

मंगलवार बसेको बढुवा सिफारिस समितिको बैठकले ती एसएसपीहरूलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसमा परेका एसएसपीहरूमा सुदर्शन कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ छन्।

यसै बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

एआईजी सिफारिसपछि रिक्त हुने ११ डीआईजी पदका लागि एसएसपीहरूको बढुवा सिफारिस गरिएको हो। प्रहरी संगठनमा गत चैत ४ गतेदेखि नै १० जना डीआईजीको पद खाली थियो। यद्यपि, बढुवा सिफारिसका लागि १२ जना एसएसपीको नाम प्रस्तावमा रहे पनि सारदाप्रसाद चौधरी भने सिफारिस सूचीबाट बाहिरिएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.