आलितालमा महिलाहरूलाई लक्षित ४५ दिने होजियारी बुनाइ तालिम सम्पन्न

sc mahendra

डडेल्धुरा, आलिताल – महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ५ मा सञ्चालन गरिएको ४५ दिने होजियारी बुनाइ तालिम मंगलबार सम्पन्न भएको छ।

तालिम व्यवसायिक तथा सीप विकास तालीम केन्द्र, महेन्द्रनगर कञ्चनपुरको सहयोगमा गत बैशाख २४ गतेदेखि सञ्चालनमा आएको थियो। तालिममा सहभागी महिलाहरूलाई मोजा, स्वीटर, टोपीजस्ता बालबालिका, युवा तथा जेष्ठ नागरिकका लागि आवश्यक कपडाहरू बुन्ने सीप प्रदान गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष शेर सिंह पार्की उपस्थित थिए। विशिष्ट अतिथि डडेल्धुरा जिल्ला बार एशोसिएसनका अध्यक्ष तुलाराम बोहरा र विष्णुराज भट्ट रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पार्कीले भने, “महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता सीपमूलक तथा व्यवसायिक तालिमहरू आवश्यक रहेको बताए। तालिमले महिलाहरूलाई सिपयुक्त बनाउँदै सानो लगानीमा गाउँमै बसेर स्वरोजगार हुन सक्ने बाटो खोल्नेछ।”

 

उनले आगामी दिनमा पालिकाले दूरदराजसम्म पुग्ने खालका व्यावसायिक तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

You might also like
Leave A Reply

Your email address will not be published.