डोटीमा यात्रुबहाक जिप दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते

sc mahendra

डोटी — डोटीको आदर्श गाउँपालिका–१ दोबाजमा यात्रुबहाक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

शुक्रवार दिउँसो दिपायल–मौवा–मेल्लेख सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई करिब २५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य चार जना घाइते भएका छन्। मृतक तथा घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.