परशुराम नगरपालिका कृषि शाखाद्वारा फलफुलका बोटबिरुवा वितरण

sc mahendra

डडेल्धुरा । परशुराम नगरपालिकाको कृषि शाखाले नगरवासी कृषकहरूलाई फलफुल उत्पादनमा प्रोत्साहन गर्न फलफुलका विभिन्न जातका बोटबिरुवा वितरण गरेको छ।

मेयर कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त बोटबिरुवा कार्यक्रम परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट, र कृषि शाखा प्रमुख कालूसिं बोहराको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममार्फत स्थानीय कृषकहरूलाई नासपाती, सुन्तला, स्याउ, कागती लगायतका फलफुल जातका बोटबिरुवा प्रदान गरिएको कृषि शाखाले जनाएको छ।

नगर प्रमुख जोशीले स्थानीयस्तरमै कृषि आत्मनिर्भरता हासिल गर्न यस्ता कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ विस्तारित कृषि सहायता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

कृषि शाखा प्रमुख बोहराले कृषकलाई प्राविधिक सहयोग तथा अनुगमनसमेत गरिने बताए। कार्यक्रममा सहभागी कृषकहरूले यस्ता कार्यक्रमले स्थानीय उत्पादनमा वृद्धि भई आम्दानी बढ्ने आशा गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.