एसईईको नतिजा सार्वजनिक,४८ हजारले ल्याए ३.६ भन्दा माथिको जीपीए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार २०८१ सालको एसईईमा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना रहेका छन्। १.६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ।

यसैगरी १२६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। यस वर्षको एसईईमा कूल ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन्।

२०८१ सालको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षार्थीहरूले बोर्डको वेबसाइट www.neb.gov.np मार्फत नतिजा हेर्न सक्नेछन्। साथै, ल्यान्डलाइन वा मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिने छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.