डडेल्धुराको आलितालमा शिवजीको मूर्ति स्थापना विवादमा, कारण यस्तो!

sc mahendra

डडेल्धुरा: डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालमा राख्न लागिएको शिवजीको मूर्ति विवादमा परेको छ। राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगरले आफ्नै लगानीमा करिब ५५ लाख रुपैयाँ बराबरको मूर्ति स्थापना गर्ने तयारी गरेका थिए। तर, आलिताल गाउँपालिकाले आफूहरूसँग कुनै समन्वय नगरी मूर्ति राख्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएको छ।

पालिकाका अध्यक्ष शेर सिंह पार्कीले, “स्थानिय सरकारसँग समन्वय नगरी मूर्ति स्थापना गर्न खोजेको आरोप लागाए । उनले भने मुर्ती राख्ने जानकारी सामाजिक सन्जालबाट थाहा  पाए पछि हामीले मूर्तिकारलाई बोलाएर छलफल गरेका थियौं,” भन्दै धार्मिक पक्षसँग परामर्श गरेर मात्र अघि बढ्न निर्देशन दिएको बताए। तर फिर्ता लैजाने कुरा चाहिँ सामाजिक संजाल बाट थाहा पाएको बताए ।

 तर मूर्तिकार पुनले भने विभिन्न बहानामा आफूलाई अवरोध गरिएको आरोप लगाएका छ्न । उनले  सम्बन्धित वडाको अध्यक्ष लाई आधिकारी जानकारी गराएको बताए । उनले सामाजिक सञ्जालमा लाइभ आएर मूर्ति राख्ने ठाँउ बनाउन खोलाबाट ढुंगा–गिट्टी निकाल्न दिइएन प्रहरी लगाएर रोकियो, पोथ्रा रुख हटाउँदा मुद्दा हाल्ने धम्की दिइयो यहाँसम्म कि धर्म प्रचारको आरोपमा जेल पठाउने षड्यन्त्र भयो ।

पुनका अनुसार, आफू निस्वार्थ भावनाले जन्मथलोमा भव्य शिवजीको मूर्ति राखेर पर्यटन प्रवर्द्धन गर्न चाहन्थे,  तर पालिका अध्यक्ष ले फोन बाट मुर्ती नराख्न धम्की दिए । सम्न्वय गर्नुको साटो विभिन्न तरिकाबाट घेरा बन्दी गरियो । आफुलाइ सम्मान गर्नु पर्ने ठाँउमा अपमान गरियो उनले भने । अब अवरोध जारी रह्यो भने मूर्ति फिर्ता लैजाने तयारी छ। हाल मूर्ति घुम्तीमै राखिएको छ।

पुन सामाजिक अभियन्ता समेत हुन्। उनले एक वर्षअघि आलितालकै स्यालचौडी मन्दिरमा १५ फिट अग्लो शिवजीको मूर्ति स्थापना गरिसकेका छन्। २८ वर्षको उमेरमै उनले देशका विभिन्न भूभागमा उत्कृष्ट मूर्तिहरू निर्माण गरी राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन्। उनले त्रिभुवन युनिभर्सिटीबाट एम एफएमा  स्नातकोत्तर गरेका छन भने उनका काठमाण्डु र अत्तरियामा मूर्ति निर्माण कारखाना सञ्चालनमा छन्।

You might also like
Leave A Reply

Your email address will not be published.