सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

वर्षाका कारण स–साना नदीमा आकस्मिक बाढीको जोखिम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

Dadeldhura Hospital

पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार केन्द्रमा ११५.६ मिलिमिटर भारी वर्षा मापन गरिएको विभागले जनाएको छ। यस्तै, सुदूरपश्चिमको डोटीमा १६.२ मिलिमिटर र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै, गोरखाको आरुघाटमा १७.१, स्याङजामा १४.२ र सिन्धुपाल्चोकमा १५.२ मिलिमिटर वर्षा मापन गरिएको छ। राजधानी काठमाडौं आसपासमा पनि हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बहने स–साना नदीमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको छ। विभागले नदी किनार र तलतिर बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.