डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव २०८२ सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको अवसरमा राष्ट्रिय गौरा महोत्सव २०८२ डडेल्धुरामा सुरु भएको छ।

विगतका वर्षझैँ यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा सुदूरपश्चिम स्तरीय महोत्सव प्रारम्भ गरिएको हो। महोत्सवको उद्घाटन अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले गरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उद्घाटन समारोहमा बसपार्कमाथि रहेको राधाकृष्ण मन्दिरबाट गौरा–महेश्वरलाई फाग गाउँदै महिलाहरूले बालो नाच प्रस्तुत गरेका थिए। साथै चैत लगायतका सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शित गरिएको थियो।

Dadeldhura Hospital

कार्यक्रमका प्रमुख अतिथि जोशीले सुदूरपश्चिम संस्कृतिको धनी क्षेत्र भएको उल्लेख गर्दै गौरा पर्वले आपसी प्रेम, भाइचारा, सामाजिक सद्भाव र ऐक्यबद्धता मजबुत बनाउने बताए।

त्यसैगरी अमरगढीका निवर्तमान नगर प्रमुख विशेश्वरप्रसाद ओझाले महोत्सवले भाषा, कला र संस्कृतिको जगेर्नामा ठूलो योगदान पुर्‍याउने उल्लेख गरे। उनले गौरा पर्व सुदूरपश्चिममा मात्रै नभई देश–विदेशमा समेत मनाइने परम्परा सुरु भएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पर्वले आत्मीयता र आपसी एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय कला–संस्कृतिको सम्मान गर्दै यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य महोत्सवको रहेको आयोजक समितिका कार्यवाहक अध्यक्ष रमेशप्रसाद जोशीले बताए।

महोत्सवमा गौरानाच, बालो, चैत, धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका देउडिया कलाकारहरूको सहभागिता रहेको महोत्सव भदौ २१ गते गौरा देवीको धार्मिक परम्पराअनुसार बिसर्जनसँगै समापन हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.