मंगलबारदेखि ठप्प सवारी आजदेखि चल्न थाले

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदाै २८ मंगलबारदेखि ठप्प बनेको सार्वजनिक सवारी साधन आज शनिबारदेखि सञ्चालनमा आएका छन्। कर्फ्यू र निषेधाज्ञा हटेसँगै हिजो फाट्टफुट्ट मात्रै चलेका सवारी साधन, आज बिहानदेखि भने बाक्लै देखिएका छन्।

‘जेनजी’ आन्दोलनको केन्द्र माइतीघर–बानेश्वर क्षेत्रमा पनि चहलपहल बढेको छ। चक्रपथ रूटमा महानगर यातायातलगायतका सार्वजनिक बसहरू चल्न थालेका छन्। ट्याक्सी र अन्य सवारी साधन पनि नियमित सञ्चालनमा आएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

हिजो नै केही बसहरू स्वेच्छाले काठमाडौं बाहिरिएका थिए। संघीय सरकारसँग औपचारिक समन्वय नभए पनि स्थानीय प्रशासनको अनुमति लिएर लामो तथा छोटो दूरीका गाडीहरू चल्न थालेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन्।

उनका अनुसार आज बिहानै गोंगबु बसपार्कबाट बाहिरी जिल्लाका लागि बसहरू छुटेका छन्।

जीवन सामान्य बन्दै जाँदा पसलहरू पनि खोलिन थालेका छन्। प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा बिहानैदेखि सरसफाइ सुरु भएको छ। मंगलबार रातिदेखि सडकमा परिचालनमा आएको सेना आजदेखि फिर्ता भएको छ भने प्रहरीहरू पनि आफ्नो बिटमा फर्किन थालेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.