आलिताल –८ मा उन्नत विउ–विजन,बिषादी र पशुऔषधि वितरण गरिदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिका वडा नं. ८ ले किसान र पशुपालकलाई सहयोग पुर्‍याउने उद्देश्यले यस वर्ष पनि निःशुल्क उन्नत जातका बिउ–विजन, बिषादी तथा पशुचौपायाका लागि आवश्यक औषधि वितरण गर्ने भएको छ। यो वितरण कार्यक्रम वडा कार्यालयको स्वीकृत वार्षिक योजना अन्तर्गत सञ्चालन हुन लागेको हो।

वडाले प्रकाशित गरेको सूचनाअनुसार वडाका तीन विभिन्न स्थानमा प्राविधिक टोली पुगेर किसान तथा पशुपालकलाई आवश्यक सामग्री उपलब्ध गराइनेछ।
यस कार्यक्रमबाट गाउँका किसानले खेतीमा प्रयोग हुने उन्नत बिउ, रोगनाशक बिषादी, तथा पशुपालकले निःशुल्क उपचार र औषधि पाउनेछन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

वडाध्यक्ष धनबहादुर देउवाले किसान तथा पशुपालक दुवैलाई आफ्नो नजिकको वितरण केन्द्रमा उपस्थित भई आवश्यक सेवा लिन आग्रह गरेका छन्। उनका अनुसार कृषि र पशुपालन गाउँको मुख्य आयस्रोत भएकाले यस्ता कार्यक्रमले किसानलाई ठूलो राहत मिल्ने बताए।

Dadeldhura Hospital

वडाले हरेक वर्ष किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनका अनुसार उन्नत बिउ र बिषादी वितरणले खेती उत्पादन वृद्धि हुने र पशु औषधिले पशुपालनमा देखिने रोग नियन्त्रणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

सूचना : 

वडाले किसानलाई समयमा जानकारी लिएर उपस्थित हुन र सामग्री लिन अनुरोध गरेको छ। गाउँको कृषि तथा पशुपालन क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम महत्वपूर्ण रूपमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.