आठौँपटक डडेल्धुराबाट चुनाव लड्दै देउवा, एकल नाम सिफारिस

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा फेरि डडेल्धुराबाटै प्रतिस्पर्धा गर्ने भएका छन्।

कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गर्दै निर्वाचन लड्ने तयारीलाई औपचारिकता दिएको हो। जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग यो आफ्नो अन्तिम प्रतिनिधिसभा चुनाव हुने संकेत दिएका थिए।

उनी अब डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्न लागेका हुन्। देउवा यसअघि २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुँदै आएका छन्।

यस्तै, समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाका नाम सिफारिस गरिएको छ।
राष्ट्रिय सभाका लागि भने भीमबहादुर साउँद र रघुवर भट्टलाई सिफारिस गरिएको कांग्रेसले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.