समाजसेवी मल्लको आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: श्री भागेश्वर माध्यमिक विद्यालय, परशुराम नगरपालिका वडा नं. २ बसौटीको ६३औँ वार्षिक उत्सव समारोह तथा अभिभावक दिवस २०८२ को पावन अवसरमा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई झोला तथा आवश्यक शैक्षिक सामग्री समाजसेवी तथा युवा व्यवसायी विनय प्रकाश मल्लले प्रदान गर्नुभएको हो। अमरगढी नगरपालिका वडा नं. ४ खलङ्गा डडेल्धुरा स्थायी ठेगाना भई हाल जापानमा रहनु भएका मल्लले सामाजिक उत्तरदायित्वको भावना सहित उक्त सहयोग गर्नुभएको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आउनु भएका समाजसेवी मल्लप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
यसै अवसरमा परशुराम नगरपालिकाका नेपाल विद्यार्थी सङ्घका युवा नेता अर्जुन बोहराको पहलमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा आधुनिक तथा लोक देउडा गीत–संगीत प्रस्तुत गर्दै गायक गणेश केसी, देउडा गायक महेन्द्र राम पार्की, मोडल तथा डान्सर शिवराज पन्त र मोडल डान्सर आहाना देउबाको विशेष प्रस्तुति रहेको थियो।
कलाकारहरूको आकर्षक प्रस्तुति सहित सम्पन्न सांस्कृतिक कार्यक्रमले समारोहलाई थप भव्य र मनोरञ्जनात्मक बनाएको सहभागीहरूले बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.