एसईईको नतिजा आजै सार्वजनिक हुँदै, ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने

sc mahendra

बैशाख २८ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार नै साँझ सार्वजनिक गर्ने निर्णय गरेको छ ।

भक्तपुरको ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा साँझसम्म सार्वजनिक गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए । ‘पत्रकार सम्मेलन ८ बजे गर्ने । नतिजा हेर्न ९ बजे मिल्छ’, उनले भने ।

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिएको थियो । त्यहीकारण चाँडै नतिजा निकाल्न लागिएको हो ।

यो एसईईमा ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका पनिकाले जनाएको छ। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका पनिकाले उल्लेख गरेको छ।

पनिकाका अनुसार जसमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना विद्यार्थी छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.