दार्चुलामा प्रधानाध्यापक आत्महत्या प्रकरणमा आठ जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ः दार्चुलामा एक प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय, सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामी विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आठ जनालाई नियन्त्रणमा लिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रम सिंह कुँवर, वडा नं. २ का ५२ वर्षीय दलिदत्त भट्ट, वडा नं. ५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट तथा बैतडी पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामध्ये विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधि तथा निर्माण व्यवसायीसमेत रहेका बताइएको छ।

प्रधानाध्यापक धामीले घटना हुनुअघि सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट सार्वजनिक गरेका थिए, जसमा उनले आफूलाई बाध्य पार्ने व्यक्तिहरूको नाम उल्लेख गरेका थिए। त्यसकै आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.