डडेल्धुरा : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पार्टीका जिल्ला इन्चार्ज तोकेको छ।
पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न जिल्लामा इन्चार्जको जिम्मेवारी बाँडफाँट गरिएको एमालेले जनाएको छ।
एमालेका अनुसार कैलाली जिल्लाको इन्चार्जमा कमलाकुमारी ओली, कञ्चनपुरमा कृपाराम राना, दार्चुलामा गणेशसिंह ठगुन्ना, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी बाजुरामा लालबहादुर थापा, बैतडीमा लिलाधर भट्ट, डोटीमा चक्रबहादुर मल्ल र बझाङमा अफिलाल ओखेडा जिल्ला इन्चार्ज तोकिएका छन्।
पार्टीले जिल्लागत संगठनलाई अझ सशक्त बनाउँदै जनपरिचालन तथा राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उक्त जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ।
नवनियुक्त इन्चार्जहरूले सम्बन्धित जिल्लामा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन, जनसम्पर्क अभिवृद्धि तथा विभिन्न राजनीतिक गतिविधिको समन्वय र नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।
