स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारको निधन, शोकमा पुर्चौडी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारको निधन भएको छ।

प्रारम्भिक जानकारीअनुसार लुहारले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेपछि आत्महत्या गरेको बताइएको छ। उनले फेसबुक स्टाटसमार्फत आफू मानसिक तनावमा रहेको र केही परिस्थितिले आफूलाई यस्तो कदम चाल्न बाध्य बनाएको उल्लेख गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

लुहारमाथि गत महिना कोटिला स्वास्थ्यचौकीमै कार्यरत एक जना अनमीलाई इट्टा प्रहार गरी घाइते बनाएको आरोप लागेको थियो। उक्त घटनापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पछि जिल्ला अदालतको आदेशमा उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सम्बन्धित मुद्दा अदालतमा विचाराधीन अवस्थामै रहेका बेला काठमाडौंमा उनको निधन भएको आफन्तहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यसैबीच, पुर्चौडी नगरपालिकाले लुहारको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगरपालिका मातहतका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द रहनेछन्।

नगरपालिकाले स्वर्गीय लुहारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.