अजयमेरु गाउँपालिकामा भोलिदेखि तेस्रो शैक्षिक सम्मेलन सुरु हुँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा, ५ असार : “शिक्षामा गरिने खर्च, खर्च होइन लगानी हो “र “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो “भन्ने मूल नाराका साथ डडेल्धुराको अजयमेरु गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि तेस्रो शैक्षिक सम्मेलन–२०८३ अन्तर्गतको विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम भोलि (शनिबार)देखि सुरु हुँदैछ।
​अजयमेरु गाउँपालिका डडेल्धुराको आयोजनामा हुन लागेको उक्त दुई दिने सम्मेलन गाउँपालिकाको सभाहलमा संचालन हुनेछ। असार ६ र ७ गते चल्ने यस कार्यक्रममा स्थानीय तहको शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरूबीच सघन छलफल र अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।
​सम्मेलनमा मुख्यगरी निम्न ६ वटा प्रमुख बुँदाहरूमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुति तथा छलफल हुनेछस्
१० वर्षे गाउँ शिक्षा योजनाको समीक्षा
​एकीकृत पाठ्यक्रम र मूल्याङ्कन
​अनिवार्य तथा निःशुल्क शिक्षा
​अभिभावक शिक्षा
​बालमैत्री सिकाई र सुरक्षित तथा हरित विद्यालय
​गुणस्तरीय, समावेशी सिकाईका लागि सूचना प्रविधि
​स्थानीय सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी रणनीतिक योजना तय गर्नका लागि यो सम्मेलन आयोजना गर्न लागेको पालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा शिक्षाप्रेमीहरूको सहभागिता रहने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.